सिद्धार्थ विकास बैंकका पूर्व सञ्चालक सिलवाल पक्राउ – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

सिद्धार्थ विकास बैंकका पूर्व सञ्चालक सिलवाल पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
बैंकिङ कसुरको अभियोगमा फरार रहेका सिद्धार्थ विकास बैंकका तत्कालीन सञ्चालक मधुसुदन सिलवाल आज पक्राउ पक्राउ परेका छन् ।

उनलाई आज आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।

२०७० सालमा परेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेको डिआइजी शहकुल थापाले जानकारी दिएका छन् ।

उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो । अदालतको सो फैसलापछि उनी फरार रहेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्