आज वर्षकै पवित्र दिन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज वर्षकै पवित्र दिन

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
आजको दिनलाई वर्षकै पवित्र दिन मानिन्छ । सोमबारे औंशी परेका कारण पनि आजको दिनलाई पवित्र दिन मानिएको हो । आजको दिन सिंह र कुम्भ राशिका लागि फलदायी रहेको छ । साथै अन्य राशिका लागि आजको दिन कस्तो रहेको छ त ?
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेहनत गरेअनुसार सफलता मिल्ने दिन रहेको छ । धेरै जिद्दी भएर अगाडि बढेमा अपजस आउन सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नसोचेको स्थानबाट धन प्राप्तिको योग रहेको छ। आफन्तहरूको सहयोगबाट मात्रै कार्य सिद्धि हुने छ। धेरै बोल्दा धन खर्चहुने सम्भावना रहेको छ । धार्मिक यात्राको योग रहेको छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)

धर्ममा रुचि बढ्नुका साथै आफन्तहरू संग भेटघाटको सम्भावना रहेको छ। शरीरमा आलस्य बढ्नाले गर्न लागेका कार्यहरु ढिलागरी पूर्णहुने छन्। रमाइलो यात्राको सम्भावना रहेको छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनावश्यक यात्राबाट शारीरिक कष्ट हुने योग रहेको छ । खर्चमा वृद्धिहुने हुँदा अनावश्यक खर्चबाट जोगिनु भयो भने नै शुभ हुने छ । लामो तथा धार्मिक यात्राको सम्भावना रहेको छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

वैदेशिक यात्राको क्रममा रहनु भएका हरुका लागि विशेष फाईदाको योग रहेको छ। नयाँ कामगर्नेहरुका लागि आजको दिन निक्कै शुभ रहने छ । व्यापारमा लगानी गर्दा फाईदाको योग रहेको छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको थालनी गर्ने समय रहेको छ। धार्मिक कार्यक्रममार्फत धनआर्जन हुने छ। साथीहरूसंग भेटघाटको कार्यक्रम रहनेछ। यात्राबाट फाईदा हुने छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )

भाग्यको सहायताले दिनभरि नै सोचेका कार्यहरु सफल हुनेछन्। कसैको भरपरेमा कार्यबाधा हुनेहुँदा आफैले मेहनत गरेमा शुभ हुने छ। नयाँ जिम्मेवारी प्राप्तिको योग रहेको छ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अचानक स्वस्थ्यमा समस्या देखापर्ने योग रहेको छ। कसैले आरोप लगाउन सक्ने भएकाले सावधानी पुर्वक कार्यगर्नुपर्ने देखिएको छ। भगवान शिवको पुजा गरेमा शुभ फलमा वृद्धि हुन्छ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )

धार्मिक क्षेत्रमा सहभागी हुने दिन रहेको छ। स्त्रीको सहयोगबाट गरिएको हरेक कार्य सिद्धिको योग रहेको छ। भगवान शिवको आरधना गरेमा शुभ हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

चोटपटकको योग रहेको छ । झुट्टा आरोप लाग्ने योगरहेकाले विशेष सावधानी पुर्वक कार्यगर्नु पर्ने छ। भगवान गणेशको पुजा गरेमा शुभ हुने छ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द )

मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

आजको सोमबारे औंशीको संयोग सयौं वर्षपछि मात्र परेको ज्योतिषहरुले बताएका छन् । ज्योतिषहरुका अनुसार सयौँ वर्षपछि मात्र यसपालिको साउनमा अद्भुत संयोग बनेको हो ।
यसपालिको साउन महिनामा ५ सय ५८ वर्षपछि ४ वटा ग्रहको वक्र योग परेको हो । साउन महिनामा योपटक गुरु, शनि, राहु तथा केतुको बक्र परेको छ । अर्थात् यी ग्रहहरुको चाल उल्टो हुनेछ । सिंह र कुम्भ राशि भएकाहरुलाई यो संयोग सबैभन्दा शुभ रहनेछ ।

५ सय ५८ वर्ष पहिला यस्तै संयोग बनेको थियो । यसको प्रभाव साउन महिनाभरि रहनेछ । ज्योतिषाचार्यका अनुसार गुरु, शनि, राहु तथा केतु चार ग्रह एक साथ बक्र रहेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्