स्थायी कमिटीको मिति सर्‍यो, गुटगत छलफल बाक्लियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

स्थायी कमिटीको मिति सर्‍यो, गुटगत छलफल बाक्लियो

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठकको मितिले विश्वास घटाउँदै लैजान थालेको छ । पटक पटक साइत गरिनु पटक पटक साइत तुहिनुले विश्वासको सङ्कट देखिन थालेको हो । आन्तरिक विवाद समाधान गर्न शीर्षस्थ नेताहरुलाई हम्मेहम्मे पर्न थालेको छ ।
कमिटीको बैठकको मिति तय गरिनु औपचारिकता मात्र भएको छ । मिति तय भएपश्चात नै अब फेरि ‘पोस्टपन’ कतिबेला र कति समयलाई हुने भनेर चर्चा चल्न थालिहाल्छ । यतिबेला पार्टीभित्रको विवाद समाधानका लागि गरिएका शीर्ष तहको छलफलमा नयाँनयाँ प्रस्ताव आउने र त्यस बारेमा गुटगत छलफलमा विरोध हुन थालेपछि कसरी अघि बढ्ने भन्नेमा नेकपामा छुट्टाछुट्टै छलफलले तीव्रता पाएका छन् ।
हिजोका लागि बोलाइएको स्थायी कमिटीको बैठक भोलिसम्मका लागि सारिएको छ । यसबीचमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छुट्टाछुट्टै र सामूहिक संवाद भइरहेका छन् । हिजो साँझ प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भयो भने आज पनि दिनभरमा ओली समूहका नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र प्रचण्ड–नेपाल समूहका नेताबीच प्रचण्ड निवास खुमलटारमा छलफलको तयारी भएको नेताहरूले बताएका छन् ।
पछिल्लो समयमा प्रधानमन्त्री ओलीले अब आउने महाधिवेशनबाट पार्टी अध्यक्ष बनाउने आश्वास दिएर अर्का अध्यक्ष प्रचण्डलाई आफूलाई प्रधानमन्त्री र अध्यक्षमा समर्थन गर्न अनुरोध गरेपछि नेपाल समूह झस्किएको छ । नेपाल र आफू निकटका नेतालाई हिजो आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले बाहिर चर्चा भएजसरी कुनै सहमति नभएको बताएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्