साउन ३१ गते धारपानीमा सवा कराेड दीप प्रज्वलन गरिने – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

साउन ३१ गते धारपानीमा सवा कराेड दीप प्रज्वलन गरिने

    मा प्रकाशित

विमल याेगी
दाङ,३० साउन ।

दाङकाे घोराही ५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा जारी शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरतीमा सवा कराेड दीप प्रज्वलन गरिने भएकाे छ ।

महायज्ञ तथा महाआरती सकिने दिनकाे अघिल्लाे दिन अर्थातसाउन ३१ गते भाेलि सवा कराेड दिप प्रज्वलन गर्न थालिएकाे हाे । साे दीप प्रज्वलन कार्यमा सहभागी भई दीप प्रज्वलन गर्ने भक्तजनलाई दिउँसाे १२ बजे सम्म मन्दिरमा बत्ती बुझाउन मन्दिर व्यवस्थापन समितिले अनुराेध गरेकाे छ ।

बेलुकी ५ बजेदेखउ सवा कराेड दीप प्रज्वलनकाे कार्य सुरू हुने भएकाले उपस्थितिका लागि सम्पूर्ण भत्तजनलाई समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले आग्रह गरेकाे छ ।

आध्यत्मिक जागरणसँगै धारपानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न साउन २ गतेदेखि महायज्ञ तथा महाआरतीकाे ३२ गते समापन गरिनेछ । श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवम् श्रृगारिक महाआरतीमा राष्ट्रिय ख्याती प्राप्त विद्धान पण्डित कोमल उपाध्याय प्रमुख कथा वाचक रहनुभएकाे छ । महाआरतीमा दैनिक विभिन्न धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्