तिर्थराज ज्ञवाली
साउन ५, दाङ ।
वर्षायामको मध्य समयमा दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिका वडा नं ३ मा वृक्षारोपण गरिएको छ ।
मसुरीया स्थित घण्टदेव सामुदायिक वनको करिव ३ हेक्टर खाली जग्गामा वन प्रजातीको बोट विरुवाहरु रोपण गरिएको हो ।
खाली ठाँउ राख्दा अतिक्रमण हुन सक्ने, चरी चरन बढ्ने गर्दा वनको हैसियत बिग्रन सक्ने भएकोले वृक्षारोपण गरेको वनका अध्यक्ष दल बहादुर घर्तीले जानकारी दिए ।
खाली जमिनमा उपभोक्ताको सक्रियतामा बकाईनो, सिमल, जामुन, ईपील लगाएतका विरुवा लगाईएको बताईएको छ ।
स्थानीय नर्सरी तथा डिभिजन वन कार्यालयले सञ्चालन गरेका नर्सरीमा उत्पादन भएका २ हजार बोट विरुवा रोपण गरिएको अध्यक्ष दल बहादुर घर्तीले जानकारी दिए ।
मा प्रकाशित