
चितवन, ४ भदौ ।
पहिरो जोखिम बन्दै आएको चितवनको नारयणगढ – मुग्लिन सडकखण्डमा पछिल्लो चरणमा ढुङ्गाको पनि त्यतिकै जोखिम बढ्दै गएको छ । पहिरो खस्ने डर, त्रास रहेको उक्त सडकखण्डमा अहिले ढुङ्गा खस्ने जोखिम बढेको हो ।
आज पनि गुढिरहेको कारमाथि ढुङ्गा खस्दा सामान्य क्षति पुगेको छ । जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा पर्ने सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बिएडी ८३२२ नम्बर को कारमा आज बिहान ८ बजेको समयमा माथिबाट ढुङ्गा खसेको हो । कारमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । मानवीय क्षति नभएको जनाउँदै यात्रा गर्दा सचेत हुन प्रहरीले अनुरोध समेत गरेको छ ।
असार २८ गते पनि सोही सडकखण्डमा यात्रुवाहक बसमाथि ढुङ्गा खस्दा चालकको मृत्यु भएको थियो ।


