व्यवसाय नवीकरण सिसहनियाँ उद्योग वाणिज्य संघमै – Kanika Khabar
Friday, April 26Nepali News Portal

व्यवसाय नवीकरण सिसहनियाँ उद्योग वाणिज्य संघमै

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
श्रावण ५, दाङ ।
सिसहनियाँ उद्योग वाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजश्व कार्यालय तुल्सीपुरद्वारा व्यवसाय नवीकरण तथा प्यान नवीकरणको. काम सुरु गरिएको छ ।
सोमवारदेखि करिव ४ दिन विहान ९ः ३० बजेदेखि सिसहनियाँ उद्योग वाणिज्य संघको कार्यालयमा नवीकरण टोली बस्ने भएकोले आ आफ्नो उद्योग, व्यवसायको नवीकरण गर्न सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले सबै उद्योगी व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।
छाता संगठन उद्योग वाणिज्य संघको पहलमा नेपाल सरकारले कोभिड १९ बाट पीडित उद्योगी व्यवसायीहरुलाई वार्षिक कर तथा नवीकरण शुल्कमा उल्लेख्य छुट समेत दिएकोले समयमै आ आफ्नो उद्योग, व्यवसायको नवीकरण गर्न अनुरोध गरिएको हो ।
आफ्नो उद्योग, व्यवसायको नवीकरण गर्दा सिसहनियाँ उद्योग वाणिज्य संघको सदस्यता समेत नवीकरण गर्नु आवश्यक रहेकोले सिसहनियाँ उद्योग वाणिज्य संघको सदस्यता प्रमाण पत्र, राप्ती गाउँपालिकामा व्यवसाय दर्ता गर्दाको प्रमाणपत्र र प्यान दर्ता प्रमाणपत्र समेत ल्याउन अनुरोध गरेको महासचिव ईश्वरी अधिकारीले बताएका छन् ।
उद्योग, व्यवसायको नवीकरण सुरक्षाका दृष्टिकोणले तथा सरकारको नियमको पालना गर्न आवश्यक रहेको भन्दै संघले आफ्नो कार्यक्षेत्रमा माईकिङ गरेर उद्योगी व्यवसायीहरुलाई उद्योग, व्यवसायको नवीकरण गर्न अनुरोध गरिएको सचिव मदन पोख्रेलले जानकारी दिए ।
उद्योग, व्यवसायको नवीकरण गर्न आउनहरुले कोभिड १९ बाट बच्न मास्क लगाउने, स्यानेटाइजरको प्रयोग गर्न लगाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्