सेवा घरमा दिवा खाजा र सामग्री सहयोग – Kanika Khabar
Monday, February 16Nepali News Portal

सेवा घरमा दिवा खाजा र सामग्री सहयोग

    मा प्रकाशित

नारायणपुर, ५ भदौ ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको ३१ औँ स्थापना दिवशको अवसरमा मानव सेवा घरमा खाजा खुवाईउको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० मा मावन कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा रहेका ४० जना व्यक्तिहरुलाई दिउँसोको खाजा खुवाइएको थियो । केन्द्रको स्थापना दिवसको अवसरमा सेवा घरका व्यक्तिहरुलाई खाजा (खिर, पुरी अचार) खुवाउनुका साथै सेवा घरका लागि अत्यावश्यकीय सामग्रीहरु पनि सहयोग गरिएको छ ।

खाद्यान्नका साथै सरसफाइका सामग्रीहरु, भान्साका लागि आवश्यक सामग्रीहरु सहयोग गरिएको थियो । चामल, दाल, नुन, तेल, बेसार, धनिया, जिरा, मेथी, स्याम्फु, साबुन, सर्फ, चक्कु, हर्पिक, फिनाईल, डाईपर, नमकिन लगायतका सामग्रीहरु प्रदान गरिएको थियो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष पाण्डेले मानव सेवा घर व्यवस्थापनका लागि केही चुनौतिहरु भए पनि सबैको सहयोगले केही सहज भएको बताउनुभयो ।

महिलाहरुले मात्र स्थापना गरेर सामाजिक क्षेत्रमा क्रियाशील नेपाल महिला सामुदायिक सेवा केन्द्रले आफ्नो स्थापना दिवसको अवसर पारेर मानव सेवा घरमा सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुलाई सेवा घरको तर्फबाट घरका संयोजक सुस्मीता श्रेष्ठले स्वागत गर्नुभएको थियो । वि.स २०७६ सालबाट दाङमा सञ्चालन भएको मानव सेवा घर घोराही उपमहानगरपालिका वडा न. १० मा हाल ४० जना रहनुभएको छ । भक्तपुर केन्द्रीय कार्यालय रहेर काम गरिरहेको मानव कल्याण समाजले हाल ६ स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।

भक्तपुर झौखेल, निजगढ हेटौडा, पशुपति क्षेत्र गौशाला, पनौती भक्तपुर, सौखु काभ्रे र नारायणपुर दाङबाट सेवा घर सञ्चालन गरेको छ । जसमा ३ सय बढी व्यक्तिहरुलाई सेवा घरले सेवा दिईरहेको र जसमध्य ४५ जना बालबालिकाहरु मात्र रहेको सेवा घर नारायणपुरका संयोजक सुस्मीता श्रेष्ठले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्