अझैं पाँच दिन वर्षा लम्बिने – Kanika Khabar
Friday, February 14Nepali News Portal

अझैं पाँच दिन वर्षा लम्बिने

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
लगातारको मनसुन अझैं पाँच दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अझैं पाँच दिन भारी वर्षा हुनेछ ।

विभागले नेपाली आकाशमुनि न्यून चापीय रेखा आएर बसेको र यो रेखा नहटेसम्म झरी पर्ने जनाएको छ ।

नेपालमा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र सुदरपश्चिम प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालका अधिकांश स्थानमा पानी परेको जनाइएको छ । विभागमा महानिर्देशक सरजुकुमार वैद्यका अनुसार न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वीपहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्