गत २४ घण्टामा थप एक सय ८६ जनामा कोरोना सङक्रमण पुष्टि – Kanika Khabar
Friday, December 5Nepali News Portal

गत २४ घण्टामा थप एक सय ८६ जनामा कोरोना सङक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन ५, काठमाडौं
पछिल्लो २४ घण्टामा थप एक सय ८६ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा चार हजार दुइ सय १६ नमुना परीक्षण गर्दा उनीहरूमा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै कुल सङक्रमितको संख्या १७ हजार आठ सय ४४ पुगेको छ । उनीहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार आठ सय ६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र एक सय ७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै संक्रमित बारामा ४६ जना थपिएका छन् । यस्तै, डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका आठ, रुकुम पूर्वका सात, दाङ र सुनसरीका ६–६ जनामा संक्रमण पुष्टि भएको छ । पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका चार–चार जना, झापा र सल्यानका तीन–तीन जना, काठमाडौं, धनुषा, तनहुँ र दैलेखका दुइ–दुइ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीमा एक–एक जना संक्रमित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्