दाङ, ८ भदाै ।
दाङ महिला जेसीजकाे सप्ताहव्यापी कार्यक्रम आज एक कार्यक्रमका बिच समापन गरिएको छ । दाङको घाेराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित बाह्रकुने दहमा एक कार्यक्रमकाे आयाेजना गरी सप्ताहव्यापी कार्यक्रम समापन गरिएकाे हाे ।
संस्थाकी अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा घोराही उपमहानगर पालिकाका नगर प्रमुख श्री नरूलाल चौधरीको प्रमुख आतिथ्य एवम् नेपाली काङ्ग्रेसका नेता एवम् समाजसेवी भुप बहादुर डाँगीकाे विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममन वन महासंघका केन्द्रीय सलाहकार एवम् नेपाली काङ्ग्रेस क्षेत्र २ सभापति श्री भिम प्रकाश खड़का र जेसीआई नेपालका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर लालमणि भण्डारी, दाङ लेडी संस्थापक कानूनी सल्लाहकार रितु जाेशी , दाङ लेडी पूर्व अध्यक्ष निरजा पोखरेल , त्रिभुवननगर अध्यक्ष जेसी रबिकिरण केसी , दाङ लेडी संस्थापक अध्यक्ष निर्मला गौतम , घोराही उपमहानगरपालिका १३ का अध्यक्ष श्री डुल्लूराम पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
सप्ताहव्यापी कार्यक्रम मूल संयोजक मिना भण्डारी र संयोजक आरधना सिंह ठकुरी रहेका थिए ।
कार्यक्रममा रेमन्ता पुनले जेसिज आस्था पाठ गरेकी थिइन् भने अर्चना शर्माले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमकाे सहजीकरण भिमा डी सीले गरेकी थिइन्। यही भदाै १ गतेदेखि `जेसिज सप्ताह २०२४´ सञ्चालन भएकाे छ ।


