दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ५, दार्चुला
दार्चुलाको नौगाड गाउँपालिकामा ६ पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । नौगाड–६ परिगाउँका अन्दाजी ४२ वर्षका मानमती ठगुन्ना र सोही ठाउँका अन्दाजी ६ वर्षका एक बालिकाको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बहादुर बिष्टले बताउनुभयो ।

लगातारको वर्षाका कारण राती आएको पहिरोका कारण उनीहरुको मृत्यु भएको बिष्टले जानकारी दिनुभयो । यसैबीच, वर्षाका कारण विभिन्न क्षेत्रमा आएको बाढी पहिरोले गर्दा खलंगा–दल्लेख सडक खण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ । सदरमुकामदेखि नौगाड तथा मार्मा क्षेत्र जोड्ने खलंगा–दल्लेख सडकखण्ड बाढी पहिरोका कारण पूर्ण रुपमा अबरुद्ध बनेको छ । लास्कुखोलामा अहिलेसम्मकै ठूलो बाढी आएको छ भने खोलाले सडक कटान गर्दा सडक अबरुद्ध भएको हो ।

यस्तै अन्य विभिन्न स्थानमा पहिरो खसेको छ भने काँटै नजिकको कल्भर्ट बगाउदाँ सडक सञ्जाल बिच्छेद भएको छ । लास्कु खोला नजिकका विभिन्न घर जोखिममा छन् भने ढुङरी साना जलविद्युत् परियोजनाको विद्युत् गृह भित्र समेत बाढी पसेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्