सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड खुल्यो – Kanika Khabar
Monday, December 8Nepali News Portal

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड खुल्यो

    मा प्रकाशित

कनिका खबर
साउन ५, बुटवल
पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड पन्ध्र घण्टापछि खुलेको छ । तानसेन नगरपालिका आठमा पर्ने गौडेपुल नजिकै गएराति आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि दुईवटा एक्साभेटर र लोडरले पहिरो हटाएपछि साढे ११ बजेदेखि सवारी साधन चल्न थालेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । उक्त स्थानमा एक सातादेखि पहिरो खस्न शुरु भएको थियो ।

अस्ति राति ठूलो मात्रामा खसेको पहिरोले दुई दिन सवारी साधन सञ्चालन र पैदल यात्रासमेत ठप्प भएको थियो । पहिरोले राजमार्गको आधारभुत सडक नै बगाएको थियो । हिजो सडक खुलेको तीन घण्टापछि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक खुलेसँगै गन्तव्यतर्फ लागेका डीएसपी गिरीले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्