खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको संख्या घट्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको संख्या घट्यो

    मा प्रकाशित

कनिका खबर
साउन ५, संखुवासभा
संखुवासभाको शिलिचोङ गाउँपालिका एक बेसिन्दा गाउँमा असार २७ गते परेको अबिरल बर्षासँगै आएको पहिरोले नौ घर बगाउँदा बेपत्ता भएका ११ जनालाई खोज्न खटिएका ७५ जना सुरक्षाकर्मीमध्ये ६२ जना शुरक्षाकर्मी उक्त क्षेत्रबाट फर्किएका छन् । पहिरोमा हराईरहेका ११ जना बेपत्ता खोज्न बराहदल गुल्मबाट २५ जना, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट १५ जना, सशस्त्र १३ जना, ताम्कुबाट सात, स्थानीय प्रहरी चौकीबाट सात, भोजपुर कुलुङ्गबाट चार जना, चौकीडाँडा भोजपुरबाट चार जना बेपत्ताको खोजी तथा विस्थापीतको उद्धारमा खटिएका थिए । ठुलो संख्यामा रहेका सुरक्षाकर्मीले र स्थानीयले आठ दिनसम्म निरन्तर खोज्दा पनि नभेटिएपछि खोज उद्धारमा खटिएका ७५ जना मध्ये ६२ जना सुरक्षाकर्मी त्यस क्षेत्रबाट फर्किएका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो । त्यस क्षेत्रमा अझै निरन्तरको बर्षाले पहिरोको जोखिम कायमै छ ।

थप उत्खनन् गर्दा जोखिम झन बढ्ने स्थानीयको आग्रह अनुसार केही सुरक्षाकर्मीलाई तैनाथ अवस्थामा राखि अन्यलाई जिल्ला फर्काइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । त्यस क्षेत्रमा अहिले १३ जना शुरक्षाकर्मी खटिएका छन् । खटिएका १३ जना सुरक्षाकर्मीलाई स्थानीय गाउँपालीकाको समन्वयमा बेपत्ता खोज्ने, विस्थापित परिवारको सुरक्षा र व्यवस्थापनमा सहयोग गर्ने गरि त्यसै क्षेत्रमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । बेपत्ता भेटिने संभावना अत्यन्त कम रहेको संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी नवराज मल्लले बताउनुभयो । हप्ता दिनसम्म घटनास्थलमा खटिएका सुरक्षाकर्मी र स्थानीयले खोजी कार्य गरे पनि बेपत्ता फेला पर्न नसकेकाले पहिरोमा परेकालाई खोलाले बगाएर टाढा पु¥याएको हुनसक्ने उहाँले बताउनुभयो । घट्नास्थल बेसिन्दागाउँ पहिरोको थप जोखिमयुक्त क्षेत्र भएकाले जथाभावी उत्खनन् कार्य पहिरोको थप जोखिम बढ्नसक्ने भएकाले बेपत्ताको खोजी कार्य स्थगित गरिएको शिलिचोङ गाउँपालिकाका अध्यक्ष राम कुलुङ्को बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्