सिन्धुपाल्चोकका १३ जना कोरोना सङ्क्रमित निको भए – Kanika Khabar
Thursday, June 11Nepali News Portal

सिन्धुपाल्चोकका १३ जना कोरोना सङ्क्रमित निको भए

    मा प्रकाशित

कनिका खबर
साउन ५, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको मेलम्ची स्थित आइसोलेसनमा उपचाररत १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । २२ जना रहेको आइसोलेसनबाट आज एकै दिन १३ जनाको रिपोर्टमा कोरोना नदेखिएपछि डिस्चार्ज गरिएको छ ।

जसमा ११ जना घर फर्किएका छन् भने वर्षाका कारण घर जान नसकेका दुई जना अस्पतालमै बसेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवति नेपालले जानकारी दिनुभयो । ती दुइ जना बाहेक अब मेलम्ची नगरपालिकाको आइसोलेसनमा सात जना कोरोना सङ्क्रमित उपचाररत छन् भने क्वारेन्टाइनमा नौ जना रहेका छन् ।

आज बिदाइ हुनेमा इन्द्रावति गाउँपालिकाको एक जना र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १२ जना रहेको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्