पूर्वमाओवादी सम्वद्ध स्थायी कमिटी सदस्यसँग पार्टी अध्यक्ष प्रचण्डद्वारा छलफल – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

पूर्वमाओवादी सम्वद्ध स्थायी कमिटी सदस्यसँग पार्टी अध्यक्ष प्रचण्डद्वारा छलफल

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी सम्वद्ध स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन् । आफू निकटका नेतालाई आज विहान आफ्नै निवास खुमलाटारमा बोलाएर प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउदै सुझाव मागेका हुन् । मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव, सचिवालय र शीतल निवासमा भएको छलफलबारे नेतालाई प्रचण्डले जानकारी गराएका छन् ।
प्रचण्डले अब वैचारिक र जनतासँग जोडिएको मुद्दामा बढी केन्द्रित हुनुपर्नेमा जोड दिएको बताए । बैठकमा नेताले पनि अहिले कडा रुपमा प्रस्तुत हदाँ पार्टी नै फुट्न सक्ने र पदकै लागि पार्टी फुटाएको आरोप लाग्नसक्ने भन्दै स्थायी कमिटी बैठकलाई नियमित एजेन्डामा फर्काएर जानुपर्ने सुझाव दिएका छन् । त्यसका लागि पहिलो अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पहल लिनुपर्ने नेताको धारणा थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्