ओखलढुंगाका ७२ वर्षका जेष्ठ नागरिक कोरोनाबाट निको भए, ओखलढुंगा पनि कोरोना फ्रि जिल्ला – Kanika Khabar
Monday, May 25Nepali News Portal

ओखलढुंगाका ७२ वर्षका जेष्ठ नागरिक कोरोनाबाट निको भए, ओखलढुंगा पनि कोरोना फ्रि जिल्ला

    मा प्रकाशित

कनिका खबर
साउन ५, ओखलढुंगा
ओखलढुंगाका ७२ वर्षका क्यान्सर ग्रसित एक जेष्ठ नागरिक कोरोना सङ्क्रमणपछि स्वस्थ भएका छन् । जिल्लाको लिखु गाउँपालिकाका ७२ वर्षका एक पुरुषमा असार २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । क्यान्सरका कारण ग्रसित वृद्धलाई क्यान्सर अस्पतालले उपचार सम्भव नहुने देखेपछि घर पठाएको थियो । लामो समयदेखि क्यान्सरबाट थलिएका उनलाई पारिवारको हेरचाह आवश्यक पर्ने भन्दै घरमै राखिएको थियो । वृद्धको हिजोको रिपोर्टमा कोरोना नदेखिएपछि उनी स्वस्थ भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
यसैबीच, ओखलढुंगाका सबै कोरोना सङ्क्रमित निको भएका छन् । अहिलेसम्म सङ्क्रमण देखिएका पाँच जनाकै रिपोर्टमा कोरोना नदेखिएको भन्दै अस्पतालबाट डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताउनुभयो । लिखु गाउँपालिकाका ७२ वर्षका पुरुष र मिसन अस्पतालमा उपचाररत अन्य चार जनाको हिजो कोरोना रिपोर्टमा कोरोना नदेखिएको उहाँले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्