पहिरोमा परी धदिङमा एकै घरका तीनको मृत्यु – Kanika Khabar
Thursday, April 18Nepali News Portal

पहिरोमा परी धदिङमा एकै घरका तीनको मृत्यु

    मा प्रकाशित

रेखबहादुर गुरुङ
साउन ६, धादिङ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ स्थित गोलाङमा घरमाथिबाट पहिरो झर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २५ वर्षीय जीवन खाँड, उनकी श्रीमती २२ वर्षीय विमला खाँड र उनीहरूका ढेड वर्षका छोरा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । हिजो धादिङको गजुरी गाउँपालिका २ मलेखुमा पहिरोमा परी १७ वर्षिया निरुता परियारको पनि मृत्यु भएको थियो ।
थाक्रे गाउँपालिकाको वडा नम्बर ६ महादेववेशीस्थित महेश खोलामा आएको बाढिले बगाउँदा एक महिला अझै वेपत्ता छिन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्