चन्द्र कार्की
साउन ६, तेह्रथुम ।
तेह्रथुमको लालीगुराँस नगरपालिका ९ सोल्मा स्थित भालु खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । भालु खोलामा आएको वाढीले बगाउदा म्याङलुङ नगरपालिका–६ कि ३७ वर्षिय अञ्जना लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । तेह्रथुमकै छथर गाउँपालिका सुदापमा रहेका आफन्तकोमा जान भनी हिडेका ३ जना मध्ये लिम्बु सहित उनका श्रीमान भेषराज लिम्बुलाई खोलाले बगाएको हो । खोलाले वगाएपछि बेपत्ता भएकी लिम्बुको २ घण्टा पछि केही तल शव फेला परेको थियो । लिम्बुका श्रीमान् भेषराजको भने जिल्ला अस्पताल तेह्रथुममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
मा प्रकाशित