नेपालमा ठूलो भूकम्प आउन सक्ने खतरा (अनुसन्धान प्रतिवेदनसहित) – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालमा ठूलो भूकम्प आउन सक्ने खतरा (अनुसन्धान प्रतिवेदनसहित)

    मा प्रकाशित

एजेन्सी
साउन ६, दाङ ।
नेपालमा फेरि ठूलो भूकम्प आउन सक्ने अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । युनिभर्सिटी अफ अल्बर्टाका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार नेपालमा फेरि ठूलो भूकम्प आउने खतरा देखिएको हो ।

नेपालमा पेट्रोलियम पर्दाको खोजीका क्रममा जमिनमा भित्रबाट फरक तरिकाको आवाज सुनिएको र टेक्टोनिक प्लेट्समा लगातार बदलाव आएको अनुसन्धानकर्ताको निष्कर्ष निकालेका छन् ।

अनुसन्धानकर्ताले नेपालको पश्चिमी क्षेत्रमा अबको भूकम्पले ठूलो क्षती व्यहोर्नुपर्ने जनाएका छन् । नेपालमा आउने भूकम्पका लागि गंगा नदीको बहाव क्षेत्रमुनि भएको परिवर्तन मुख्य जिम्मेवार रहेको इण्डियाटाइम्सले जनाएको छ ।

अल्वर्टा विश्व विद्यालयका अनुसन्धानकर्ता माइक डुवाल र उनको टोलीले नेपालको हिमालय क्षेत्रको जमिनको अध्ययन गरेको थियो । आफूहरुले जमिन भित्रको सतहमा आएको परिवर्तनलाई रेकर्ड गरेको अनुसन्धानकर्ताले बताएका छन् । भूकम्प २०७२ सालभन्दा ठूलो हुनसक्ने अनुमान उनीहरुको छ ।

डुवाल नेतृत्वको टोलीले नेपालको जमिनका विभिन्न तहको अध्ययन गरेको छ । नेपालको पहाडी क्षेत्रको जमिनको तह गंगा नदीको तहसँग जोडिएको छ । गंगा नदीको बहाव क्षेत्रमुनि ठूलो हलचल चलिरहेको र त्यसको आवाज नेपालको हिमालय क्षेत्रमा पनि सुनिएको छ ।

अनुसन्धानकर्ता डुवालले हिमालय क्षेत्रको मुनि जमिनको तह उल्झन प्रकारको देखिएको छ । यो नेटवर्कका कारण ठूलो भूकम्प आउन सक्ने र त्यो लामो समयसम्म शक्ति संचय गरेर धान्न नसक्ने अवस्थामा पुगेको उनको दावी छ ।

नेपालमा सन् २०१५ अर्थात २०७२ वैशाख १२ मा ठूलो भूकम्प आएको थियो । अनुसन्धानकर्ताले नेपालमा छिट्टै ठूलो भूकम्प जाने र त्यसले नेपालको अवस्था भयावह बनाउने दावी गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्