आज १ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आज १ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन ६, काठमाडौं
मुलुकभर थप १ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित कोभिड १९ सम्बन्धि जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय ५० जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभएको हो । उहाँका अनुसार २४ घन्टामा २७ वटा प्रयोगशालामा ३ हजार ९ सय ६३ परीक्षण भएका छन् । उपत्यकामा काठमाडौंमा ८ र ललितपुरमा १ गरी ९ जना थपिएका छन् । नेपालमा सङ्क्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । सङ्क्रमित हुनेमा झापाका २, सर्लाहीका ३, उदयपुरका ८, इलामका २, सप्तरीका १, मोरङका ३, धनुषाका २९, महोत्तरीका १३, पर्साका २, चितवनका ५ जना रहेका छन् । यस्तै मकवानपुरका ५, काभ्रेपलाञ्चोकका १, रामेछापका २, कैलालीका ४, काठमाडौंका ८, महोत्तरीका १, नुवाकोटका १, ललितपुरका १, गोरखाका ३ जनामा सङ्क्रमण भएको छ । म्याग्दीका ३, स्याङ्जाका ३, बागलुङका ३, नवलपरासीका १, बाँकेका ३, दाङका ३, दैलेखका १०, सल्यानका २, डोटीका ४, बझाङका ४ र कञ्चनपुरका २० जना पनि रहेका छन् । मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट ३ लाख २३ हजार ८३५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७ सय ४ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ४ सय ७७ जना रहेको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ६ सय ९ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ७७७ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्