पहिरोले पूर्वि नवलपरासीको बुलिङटारमा २ जनाको मृत्यु – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

पहिरोले पूर्वि नवलपरासीको बुलिङटारमा २ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ६, नवलपरासी पुर्व
चार दिन देखिको लगातार भएको वर्षाका कारण आएको पहिरोले पूर्वि नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर २, डाँडाझेरीमा गएराती एउटा घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पहाडी बिकट गाउँ डाडाँझेरीमा गएरातीको पहिरोले स्थानीय डाडाँझेरीका ७० वर्षका शेरबहादुर सार्की र उहाँका श्रीमति खिनीमायाँ सार्कीलाई पुरेको र खोजतलाश गर्ने क्रममा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।

राती करिब तीन बजे तिर घर माथिबाट आएको ठुलो पहिरोमा परेर दम्पत्ती नै हराईरहेका थिए । स्थानीयले बिहानै देखि खोजताश गर्ने क्रममा घरमा पुरिएको अबस्थामा दम्पत्तीको शब फेला परेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्