पहिरोले पूर्वि नवलपरासीको बुलिङटारमा २ जनाको मृत्यु – Kanika Khabar
Friday, September 29Nepali News Portal

पहिरोले पूर्वि नवलपरासीको बुलिङटारमा २ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ६, नवलपरासी पुर्व
चार दिन देखिको लगातार भएको वर्षाका कारण आएको पहिरोले पूर्वि नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर २, डाँडाझेरीमा गएराती एउटा घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पहाडी बिकट गाउँ डाडाँझेरीमा गएरातीको पहिरोले स्थानीय डाडाँझेरीका ७० वर्षका शेरबहादुर सार्की र उहाँका श्रीमति खिनीमायाँ सार्कीलाई पुरेको र खोजतलाश गर्ने क्रममा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।

राती करिब तीन बजे तिर घर माथिबाट आएको ठुलो पहिरोमा परेर दम्पत्ती नै हराईरहेका थिए । स्थानीयले बिहानै देखि खोजताश गर्ने क्रममा घरमा पुरिएको अबस्थामा दम्पत्तीको शब फेला परेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्