दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मा पहिरोमा पुरिएर २ जनाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मा पहिरोमा पुरिएर २ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ६, दार्चुला
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मा पहिरोमा पुरिएर बेपत्ता भएका दुबैजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेमा लेकम गाउँपालिका अम्कुरका दाजुभाई २६ वर्षका अर्जुन दर्जी र १८ वर्षका मिलन दर्जी रहेका छन् । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ वडा कार्यालय नजिकै रहेको लक्ष्मी दमाईको घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दिदीको घरमा बस्दै आएका लेकमका दुबै दाजुभाई पहिरोमा पुरिएर बेपत्ता भएका थिए । बिहान करिब ३ बजेतिर खसेको पहिरोमा पुरिएको दुबैजनाको शव बिहान करिब ११ बजेतिर फेला परेको हो ।

पहिरोले घर पुरिएपछि भित्र सुतिरहेका पाँच जना मध्ये तीन जनाको सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताउनुभयो । लक्ष्मी दमाई, उनका छोरा शुभम र छोरी सोनियाको सकुशल उद्दार गरिएको हो । उनीहरुको शंकरपुर स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ८ नम्बर वडा कार्यालय पनि पहिरोको जोखिममा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्