रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा क्वारअन्टिनमा बसेका एक व्यक्तिको मृत्यु – Kanika Khabar
Thursday, March 20Nepali News Portal

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा क्वारअन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका स्थित क्वारअन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । साउन ३ गते भारतको कलकत्ताबाट आएर वडा नम्बर ९ को बालकल्याण माध्यामिक विद्यालयको क्वारअन्टिनमा बसेका वडा नम्बर १२ गोइरीका ५१ वर्षिया पुरुषको हिजो दिउँसो नगर अस्पतालमा मृत्यु भएको हो । क्वारअन्टिनमा बसेकै दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य जाँचका लागि ती पुरुषलाई नगर अस्पताल ल्याइएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्