आज मध्यरातबाट लकडाण्नको अन्त्य – Kanika Khabar
Sunday, April 27Nepali News Portal

आज मध्यरातबाट लकडाण्नको अन्त्य

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ ।
चैत्र ११ गतेदेखिको लकडाउन आज मध्यरातबाट अन्त्य हुने भएको छ । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउन १२०औँ दिनमा अन्त्य भएको घोषणा गरेको हो ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविध मन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।
सरकारले नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएपछि गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सरकारको उक्त घोषणासँगै १२१औँ दिनमा लकडाउन अन्त्य भएको छ । तर, चैत्र ११ पूर्वको झैँ सामान्य अवस्थाका सबै प्रतिबन्धहरू अझै खुलाइएको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्