भदौ १ देखि लामो दूरीका यातायात चल्ने – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

भदौ १ देखि लामो दूरीका यातायात चल्ने

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ ।

सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा। युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए । सरकारले यसअघि छोटो दुरीका यातायात सञ्चालन गर्न निर्देशन दिइसकेको थियो । दाङमा भोलिदेखि छोटो दूरीका यातायात सञ्चालनमा आउने भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्