अलविदा ऋषि कपुर – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

अलविदा ऋषि कपुर

    मा प्रकाशित

बैशाख १८ दाङ ।

बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित उनको आज विहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्षभन्दा बढी अमेरिका बसेर उनी उपचार गरेर भारत फर्किएका थिए ।

कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । कपुरको सेप्टेम्बर ४, १९५२ भारतको मुम्बइमा जन्म भएको थियो । कपुर पेसाले अभिनेता, चलचित्र निर्माता, चलचित्र निर्देशक थिए । कपुरको एक ःश्रीमती र दुई सन्तान रहेका छन् । श्रीमती नीतु सिंह हुन् । छोरी रीदिमा कपूर र छोरा रणबीर कपुर हुन् । छोरा रणबीर कपुर बलिउडका चर्चित नायक हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्