कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
कोरोना भाइरस अर्थात् कोभिड–१९ को सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जेष्ठ नागरिकको गएराति मृत्यु भएको हो ।

गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएका महोत्तरीका ६० बर्षका शशि भुषण झाको गएराति मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोभिड १९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्