नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो

    मा प्रकाशित

कनिका खबर
साउन ७, चितवन ।
नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेर बाटो बन्द भएको छ । चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै फेरि पहिरो खसेर बाटो बन्द भएको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयले चितवनले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्