पर्वतका कैदीबन्दीलाई बागलुङ र म्याग्दी सारियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

पर्वतका कैदीबन्दीलाई बागलुङ र म्याग्दी सारियो

    मा प्रकाशित

कनिका खबर

साउन ७,  पर्वत ।

दुई दिनदेखिको अविरल वर्षाका कारण पर्वत कारागार भवन जोखिममा परेपछि महिला कैदीबन्दीलाई बागलुङ र म्याग्दी कारागारमा सारिएको छ । वर्षाका कारण महिला बन्दीगृह भत्किन थालेपछि कैदीबन्दीलाई अन्य जिल्लामा सारिएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

वर्षाका कारण कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको छ । मुख्य पर्खाल १० मिटर भन्दा बढी भत्किएको छ । महिला बन्दी गृहमा ७ जना बन्दी रहेका छन् । बागलुङ्ग कारागारमा ५ जना र म्याग्दी कारागारमा २ जना महिला बन्दीलाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।

कारागार व्यवस्थापन विभागको सहमतिमा बन्दी स्थानान्तराण गरिएको हो । पर्वत कारागार निर्माण सुरु भएको एक दशक बितेपनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको छ । २५ जना क्षमताको उक्त बन्दी गृहका लागि ७२ लाख मध्ये तत्कालीन समयमा १४ लाख मात्र निकासा भएको थियो । २५ जना क्षमताको उक्त बन्दी गृहका लागि ७२ लाख मध्ये आर्थिक बर्ष २०६६÷०६७ मा १४ लाख मात्र विनियोजन भइ पर्खाल लगाउने काम सम्पन्न भएको थियो । अहिले निर्माणाधिन महिला बन्दी गृहमा झारजङ्गल हुर्किएको छ भने उक्त पर्खाल समेत जीर्ण बनेको छ ।

२०६६ माघबाट निर्माण सुरु गरिएको बन्दी गृहको १० प्रतिशत पनि काम सम्पन्न भएको छैन । एक बर्षभित्रै निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ निर्माणको काम सुरु गरिएको भएपनि अहिले बजेट नआउँदा अधुरो पर्खाल पनि भत्कने अवस्थामा छ । महिलाकै लागि भनेर निर्माण गरिएको उक्त गृहमा बागलुङ, म्याग्दी र मुस्ताङदेखि समेत महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण कार्य थालनी गरिएको थियो । पर्वतमा महिला बन्दी गृह निर्माण नभएपछि कारागार भित्रै पाटेशन गरेर दुई भागमा महिला पुरुषलाई राख्दै आइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्