सुनको मुल्य एकै दिनमा तोलामा १३०० बढ्यो – Kanika Khabar
Friday, April 18Nepali News Portal

सुनको मुल्य एकै दिनमा तोलामा १३०० बढ्यो

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
मुल्यमा उतार चढाव हुँदै आएको सुनको भाउ एकैदिन तोलामा १३०० रुपियाँ बृद्धि भएको छ । यो मुल्य अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ ।

बुधबार एकैदिन सुनको भाउ प्रतितोला १३ सय बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्