बिपिको सम्झनामा दिब्य ज्योतिमा वृक्षारोपण – Kanika Khabar
Sunday, December 3Nepali News Portal

बिपिको सम्झनामा दिब्य ज्योतिमा वृक्षारोपण

    मा प्रकाशित

कनिका खबर
तुलसीपुर, साउन ७ ।


बिपि स्मृति दिवसको अवसरमा तुलसीपुर १२ कचिलास्थित दिब्य ज्योति बोर्डिङ स्कुलको आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । प्रदेश ५ का सांसद तथा बिद्यालय संचालक समितिका अध्यक्ष शंकर गिरीको नेतृत्वमा आयोजित वृक्षारोपण कार्यक्रममा अशोक, धुमी सल्लो , गुलमोहर लगायतका जातका २ दर्जन बढी विरुवा विद्यालय प्राङ्गणमा रोपिएको हो । उक्त कार्यक्रममा विद्यालयका अभिभावक तथा विभिन्न वडाका जनप्रतिनिधि तथा काङ्ग्रेस नेताहरुको उपस्थिति रहेको थियो ।
पूर्व जिल्ला विकास समिती सदस्य तथा काङ्ग्रेस नेता केशव आचार्य, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति जगत बहादुर खड्का, तुलसीपुर ९ का वडा अध्यक्ष घनश्याम ढकाल, १० का वडा अध्यक्ष कुमार लामिछाने, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक कर्मचारी, अभिभावक तथा काङ्ग्रेस नेताहरुले बहुआयामिक व्यक्तित्व बिपि कोइरालाले देखाएको बाटोमा अघि बढ्नुपर्ने बताउदै नेपालको राजनीतिक तथा साहित्यिक मियोको रुपमा रहेका स्वर्र्गीय बिपि कोइरालाको योगदान चर्चा गरेका थिए ।
कार्यक्रमका सहभागीहरुलाई बिद्यालयका प्रधानाध्यापक मनोज आचार्य, पूर्व प्रधानाध्यापक बिनोद बस्नेत, राज कुमार शर्मा, शिक्षक रोशन गिरी लगायतले धन्यवाद ज्ञापन गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्