सरकार हामीलाई तलव व्यवस्थापन गरियोस् : निजी विद्यालयका शिक्षक – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सरकार हामीलाई तलव व्यवस्थापन गरियोस् : निजी विद्यालयका शिक्षक

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
लामो समयको बन्दाबन्दीपश्चात निजी विद्यालयका शिक्षक तथा कर्मचारीका लागि तलब के हुने भन्ने तनाब बढेको छ । विद्यालयले कति महिनाको शुल्क लिन पाउने भन्ने बारे सरकारले अझैं कुनै टुङ्गो लगाएको छैन । विद्यालयले शुल्क लिन पाउने टुङ्गो नलागेका कारण शिक्षक तथा कर्मचारीलाई तलब दिने टुङ्गो पनि लगाउन सकेका छैनन् । विद्यालयले कहिलेदेखिको तलब दिने हो भन्ने कुरामा दुबै पक्ष अन्योलमा रहेका छन् ।
यसैबिच निजी विद्यालयमा कार्यरत शिक्षकहरूले वैशाख महिनायताको तलब सरकारले नै व्यहोर्नुपर्ने माग गर्दै शिक्षकहरूको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले आज बुधबार विज्ञप्ति जारी गरेका छन् ।
युनियनका अध्यक्ष होमकुमार थापाले अर्को विकल्प नहुञ्जेलसम्म वैशाखदेखिको तलब सरकारद्वारा नै व्यहोरियोस् वा सञ्चालकहरूलाई दिन निर्देशन जारी गरियोस् भन्ने माग रहेको बताएका छन् ।

यस्तै, सम्पूर्ण निजी लगानीमा सञ्चालित विद्यालयहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचीकृत हुने बाध्यकारी व्यवस्था गर्नुपर्ने र संस्थागत विद्यालय अनुगमन वर्गीकरण तथा शुल्क निर्धारण समितिमा संस्थागत विद्यालय शिक्षक युनियनलाई अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने उनीहरूको माग छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्