दाङमा वन पुनःस्थापना अभियान सुरुवात : वातावरण संरक्षण र समृद्धि जोडेर लैजाने योजना – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङमा वन पुनःस्थापना अभियान सुरुवात : वातावरण संरक्षण र समृद्धि जोडेर लैजाने योजना

    मा प्रकाशित

कनिका खबर

दाङ, साउन ७ ।

डिभिजन वन कार्यालय दाङले वन पुनःस्थापना अभियान थालेको छ । विभिन्न कारणले वन विनास भई खाली भएका वन क्षेत्रहरुमा बृहत्तर बृक्षारोपण अभियान थालेर वन पुनःस्थापना अभियान थालेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए ।

यो अभियान अन्तरगत यसबर्ष एक सय ६० हेक्टर क्षेत्रफलमा वन पुनःस्थापना अन्तरगत बृक्षारोपण थालिएको छ । यसैक्रममा आज मंगलवार घोराही उपमहानगरपालिका वडा नम्बर २ को गौरी सामुदायिक वनको करिब ६० बिगाह क्षेत्रफलमा २८ हजार बि?वा रोपिएको छ ।

दाङका विभिन्न स्थानमा रहेका सामुदायिक वन तथा नदी उकास क्षेत्र संरक्षण गरी वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय दाङले वन पैदावारको सरंक्षण र हरित क्रान्तिका लागि पर्यावरणीय, पर्यापर्यटनको विकास तथा आय आर्जनमुखी वि?वा रोपण गर्दै स्थानीय उपभोक्तालाई जागरुक बनाउन वर्षायाम शु? भएयता विभिन्न स्थानमा गरी वन वनस्पति तथा जुडिबुटी प्रजातिको विरुवा रोपण गरेको हो ।

वन संरक्षण गरी आयआर्जनको ?पमा वनलाई प्रयोग गर्न सामुदायिक वन समुहका उपभोक्तालाई कृयाशील बनाउँदै वि?वा रोपण थालेको छ ।

चुरे पुनर्स्थापन अभियान सफल पारौं भन्ने मुल उद्देश्यले बृहत्तर वृक्षारोपण अन्तर्गत सामुदायिक वन उपभोक्ता समुहका सदस्य, जनप्रतिनिधिदेखि प्रतिनिधि सभाका सांसदसम्मले एकै पटक सो क्षेत्रमा वृक्षारोपण गरेका छन् ।उनीह?ले मौवा, आँप, खयर र बाँसका गरी करीव २८ हजार विरुवा रोपिएको छ । भूक्षयका कारण खण्डहर बनेको सो क्षेत्रमा विरुवा रोपण गरिएसँगै भूक्षय रोकिनुका साथै वन जोगिने र आयआर्जनको गतिलो माध्यम बन्ने अपेक्षा गरिएको छ ।

करीव ६ सय उपभोक्ता रहेका सो सामुदायिक वनका सदस्यहरुले प्रत्येकले १–१ वटा बाँसका बोट पनि रोपेका छन् । यस्तै, मौवा जडिबुटी प्रजातिको वि?वा भएकाले त्यसबाट कालान्तरमा प्रसस्त आम्दानी गर्न सकिने अपेक्षा पनि गरिएको गौरी चुरे खण्ड वृक्षारोपण तथा संरक्षण समिति अध्यक्ष सुन्दर चौधरीले जानकारी दिए ।

विरुवा संरक्षण तथा चोरी निकासी नियन्त्रणका लागि जिल्ला वन कार्यालयले १० लाखको तारजाली सहयोग गरेको छ । सो तारजालीले वन क्षेत्रलाई तारबार गरि संरक्षणसमेत गरिएको अध्यक्ष चौधरीले बताए ।

डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले वनको संरक्षणमा स्थानीय उपभोक्ताको सक्रियताले नौलो उर्जा प्रदान गरेको बताए । वन संरक्षणसँगै वनलाई आय आर्जनको गतिलो माध्यम बनाउने अभियानमा उपभोक्ताहरु निकै उत्साहका साथ लागेकाले आगामी दिनमा जिल्लालाई वन क्षेत्रबाट निकै लाभ मिल्ने विश्वास व्यक्त गरे । रोपिएका हजारौं वि?वाको संरक्षण र उपभोगको जिम्मा सम्बन्धित सामुदायिक वन समुहको भएपनि त्यसको निगरानी र समन्वयका काम जिल्ला वन कार्यालयले निरन्तर गरिराख्ने प्रमुख ज्ञवालीले बताए ।

सयौको संख्यामा उपस्थित सामुदायिक वन समुहका उपभोक्ता, जनप्रतिनिधि, वन संरक्षणकर्मीलगायतले एकै पटक सो क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपण गरेका छन् ।

प्रतिनिधीसभा सदस्य सुजिता साक्य, प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका प्रमुख न?लाल चौधरी, डिभिजन वन कार्यालयका प्रमुख दीपक ज्ञवाली, महिला नेतृ मेनका पोख्रेल सहित वन समूहका ६ सय उपभोक्ता र नेपाली सेनाको टोलीले बृक्षारोपण गरेका हुन् । वन विनास भएर खण्डहर बनेको उक्त क्षेत्रलाई पुनः वनमा फर्काउने उदेश्यले खयर, चिउरी, मौवा सहित विभिन्न प्रजातीका विरुवाहरु रोपिएको छ । वन समूहका उपभोक्ताहरु घरबाटै मल बोकेर विरुवा रोप्न आएका थिए । अब वन संरक्षण गर्ने स्थानियहरुको जिम्मा भएको भन्दै डिभिजन प्रमुख ज्ञवालीले सम्पत्तीको?मा ग्रहण गर्न आग्रह गरे । वनलाई अब आम्दानीसँग जोड्ने गरी स्थानियहरुलाई संरक्षणमा लाग्न सुझाब समेत दिएका छन् । वन समूहका अध्यक्ष सुन्दर चौधरीले भविष्यसँग जोडेर अब उपभोक्ताहरुले वनको संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्