नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । आज बुधबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेपछि मृत्यु संख्या ४२ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो ।
धनुषाका ६० वर्षीय पुरुषको आज कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी ५९ वर्षीय चिनयाँ महिलाको साउन २ गते काठमाडौं ग्रयान्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिबि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्