वायुसेवा निगमका एक सय ४५ जना कर्मचारी जागिरबाट निस्कासन – Kanika Khabar
Friday, June 25Nepali News Portal

वायुसेवा निगमका एक सय ४५ जना कर्मचारी जागिरबाट निस्कासन

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
कोरोना भाइरस (कोभिड १९) का कारण आर्थिक संकट बेहोनु परेको भन्दै सरकारी निकायले नै १२ वर्षदेखि करार सेवामा रहेका कर्मचारीलाई जागरिबाट निकालेको छ । नेपाल वायुसेवा निगमले एक सय ४५ जना कर्मचारीलाई जागिरबाट निकालेको हो । कोभिड–१९ को प्रभावले निगमको आम्दानी नभएको भन्दै साउनदेखि करार सेवा थपेको छैन ।
करारमा रहेका चार सय ७८ कर्मचारीमध्ये एक सय ४५ जनाको करार नवीकरण नगरिएको निगमले जानकारी दिएको छ । निगमका प्रवक्ता अर्चना खड्काले बोर्डको निर्णय अनुसार प्रशासन तर्फका एक सय ४५ जना कर्मचारीको साउन एक गतेबाट नवीकरण नगरिएको जानकारी दिए ।
क्याविन क्रु, पाइलट नै करारमा रहेकाको भने नवीकरण गरिएको छ । असार मसान्तमा करार अवधि समाप्त भएका दुइ सय २५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी एक सय ४५ जना कर्मचारीको सेवा नवीकरण नगर्ने निर्णय गरेको छ । नेपाल वायुसेवा निगमका करार कर्मचारीले भने नियुक्तको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।
कार्यालय अगाडि धर्ना दिइरहेका उनीहरुले चरणबद्ध आन्दोलन गर्ने भएका छन् । ती कर्मचारीले आबश्यक पर्दा काम लिने तर अप्ठायारेमा जागरिबाट निकालेको भन्दै करार नवीकरणसहित रोजीरोटीको सुनिश्चितताको माग गरेका छन् ।
उनीहरुले निगमभित्रको आन्तरिक भ्रष्टाचार अन्त्य गर्नुपर्ने पनि उनीहरुको माग छ । धर्नामा रहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । निगममा कार्यरत करार कर्मचारीहरुले रोजगारी सुनिश्चित गर्नुपर्ने माग राखेर गत असार २८ गते देखि विरोध जनाउदै आएका छन् । करार कर्मचारी संघर्ष समितिले करार नविकरण र रोजगारीको सुनिश्चितता, आन्तरिक भ्रष्टाचार अन्त्यको माग गर्दे आन्दोलन गरेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्