भारतमा बाढी पहिरोका कारण लाखौं मानिस प्रभावित – Kanika Khabar
Saturday, March 15Nepali News Portal

भारतमा बाढी पहिरोका कारण लाखौं मानिस प्रभावित

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
भारतमा भारी बर्षापछि आएको बाढी पहिरोका कारण लाखौं मानिस प्रभावित भएका छन् । भारतको बिहार र आसामका जनता बाढी पहिरोको चपेटामा परेका छन् । आसामका ७० लाख मानिस बाढीको जोखिममा परेका छन् । त्यहाँ भारी बर्षा जारी रहेको र दर्जनौ गाउँ डुबानमा परेका छन् । बिहारको तीन जिल्लाका सयौं बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । बिहारको छपरा, गोपालगंज, सिवान जिल्लाका सयौं घर डुबानमा परेका छन् । पश्चिम बंगालको नदीको सतह बढेर पानी बस्तीमा प्रवेश गर्दा त्यहाँका अधिकांश घर डुबानमा परेकाले सर्वसाधारणलाई उचित स्थानतर्फ सारिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्