सेवाभावको सन्देशका साथ विद्यालयमा जान जुनियर रेडक्रसलाई आग्रह – Kanika Khabar
Saturday, July 19Nepali News Portal

सेवाभावको सन्देशका साथ विद्यालयमा जान जुनियर रेडक्रसलाई आग्रह

    मा प्रकाशित

दाङ । तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले सेवाभावको सन्देशका साथ विद्यालयमा जान जुनियर रेडक्रसलाई आग्रह गर्नुभएको छ ।
दाङको तुलसीपुर भएको लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षको भेलालाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले पछिल्लो समय विद्यार्थीहरुमा सेवाभाव घट्दै गएको बताउनुभयो । विद्यार्थीमा नेपालमै बसेर देशकमो सेवा गर्नुपर्छ भन्ने भावना नभएको भन्दै सेवाभावको सन्देश लगेर जुनियर रेडक्रस हरेक विद्यालयमा जानुपर्ने बताउनुभयो ।
‘क्याम्पस पढ्न थालेको विद्यार्थीले विदेश पलायन हुने मानसकिता बनाउने गरेका छन् ।’ नगर प्रमुख खड्काले भन्नुभयो,‘उनीहरुलाई स्कुले जीवनमै देशमै बसेर केही गर्नुपर्छ भन्ने शिक्षा दिन जरुरी छ ।’ युवा र विद्यार्थी विदेश पलायन हुँदा घर रहेका बावुआमालाई स्याहार गर्ने मान्छे नहुने पाइएको भन्दै उहाँले सबैभन्दा ठुलो धर्म बावुआमाको सेवा भएको उल्लेख गर्नुभयो ।
‘हामीकहाँ अबैध मार्गबाट अमेरिका जाने लहर चलेको छ ।’उहाँले भन्नुभयो,‘ घरमा बुवा वा आमाको निधन भएमा अमेरिका गएको छोरो काजकिरिया गर्न आउन सक्दैन् । आमाबुवाको काजकिरिया भाडामा राखेको मान्छेले गराइन्छ । यो भन्दा बिडम्बना के हुन सक्छ ?’ जुनियर रेडक्रसले हरेक विद्यालयमा गएर देश प्रेमको शिक्षा दिए विदेश पलाएनमा कमी ल्याउन सकिने बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्