दाङ, १४ कात्तिक ।
नारायणपुर उद्योग वाणिज्य संघले बजार व्यवस्थापन तथा संस्कृति संरक्षणका लागि भैलाे कार्यक्रम थालेकाे छ । संघले नारायणपुर क्षेत्रकाे बजार व्यवस्थापन तथा संस्कृति संरक्षणका लागि भैलाे कार्यक्रम थालेकाे हाे ।
नारायणपुर, साैरी कुला तथा खैरा क्षेत्रकाे बजार व्यवस्थापनका लागि भैलाे कार्यक्रमकाे सञ्चालन गरेकाे संघले जनाएको छ । सडकका खाल्डाखुल्डी पुर्ने, सडक बत्ती व्यवस्थापन गर्ने, प्रतीक्षालय व्यवस्थापन गर्ने, फाेहाेर व्यवस्थापन तथा वाचनालय स्थापना लगायतका कार्यका लागि भैलाे कार्यक्रम सञ्चालन गरिएकाे संघका अध्यक्ष अनिलकुमार बस्नेतले जानकारी दिएका छन् । `बजार क्षेत्रलाई व्यवस्थित गर्नका लागि भैलाे कार्यक्रम सुरू गरेका हाैँ । अझ विशेष गरेर पछिल्लो समयमा नेपाली माैलिक संस्कृति हराउँदै जान थालेकाे छ । पछिल्लो पुस्ताहरू पाश्चात्य संस्कृतिमा रमाइरहेका छन् । यस्ताे परिस्थितिमा नेपाली माैलिक संस्कृतिकाे जगेर्ना र संरक्षणमा टेवा पुर्याउनका लागि पनि भैलाे कार्यक्रम आयाेजना गरेका हाैँ ।´ बस्नेतले थपे, `पाश्चात्य संस्कृतिले नेपाली संस्कृतिलाई गाँजेकाे बेला नेपाली संस्कृतिकाे मूल्य मान्यताकाे महत्त्व बुझाउन प्रयासस्वरूप पनि संघले भैलाे कार्यक्रम आयाेजना गरेकाे हाे । ´
भैलाे कार्यक्रममा नेपाली संस्कृति झल्कने गीत, संगीत तथा सिङ्गारू, पुरसुङ्गे, साेरठी, ख्याली टप्पा लगायतका नाच प्रस्तुत गरिएका छन् ।