अनलाइन कक्षा पुनः सञ्चालन हुने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

अनलाइन कक्षा पुनः सञ्चालन हुने

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
सरकारले आफ्ना समस्या सुनुवाइ नगरेको भन्दै अनलाइन कक्षा स्थगन गरेका संस्थागत विद्यालयहरुले अनलाईन कक्षा पुन:  सञ्चालन गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन ( प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले भोलि बिहीबारदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेका हुन् ।
आज निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन ( प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले संयुक्त विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् ।

१ भदौबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय पुनर्विचार गर्न संयुक्त रुपमा आग्रह गरी सकिएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उललेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्