बाढीपीडित परिवारलाई दुई लाख रुपैयाँ राहत – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बाढीपीडित परिवारलाई दुई लाख रुपैयाँ राहत

    मा प्रकाशित

कनिका खबर
साउन ८, दाङ ।
सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद बैठकले यसअघि दिइँदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धी प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई एक लाखबाट बढाएर दुई लाख पु¥याएको हो । एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई दुई लाख र त्यसपछिलाई प्रति मृतक एक लाख रुपैयाँ मात्रै दिइने छ ।
घरबारविहीनका लागि प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न एक लाख तथा प्रकोप पीडितलाई दैनिक गुजारा गर्न पाँच जनाको परिवार भए १५ हजार र त्योभन्दा धेरै भए २० हजार रुपैयाँ राहत उपलव्ध गराउने निर्णय सरकराले गरेको हो ।
तीन वर्षअघि जारी गरिएको प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७४ अनुसार मनसुनी विपद्मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रति मृतक एक लाख रुपैयाँ राहत, अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार र विस्थापितलाई दैनिक गुजारा चलाउन तत्काल १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था छ । गृह मन्त्रालयको प्रस्ताव अनुसार मापदण्ड संशोधन गरी राहत रकम बढाउनेसम्बन्धी प्रस्ताव गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्