कनिका खबर
साउन ८, मुगु ।
जिल्लाको दुई स्थानमा रहेका तिर्थमा मुगु जिल्ला बाहिरकाले यात्रा गर्न नपाउने भएका छन् । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने छाँयानाथ धाम र नगरपालिकाको वडा नम्बर १२ मा पर्ने रिणीमोक्ष तिर्थ स्थलमा श्रावण पूर्णिमामा मुगु जिल्ला, कर्णालीका सबै जिल्लाबाट धार्मिक व्यक्ति जाने भए पनि यो वर्षका लागि जिल्ला भन्दा बाहिरका कसैलाई पनि जान नदिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
धार्मिक पूर्णिमाका बेला देवी देउता मान्ने कर्णालीका सबै जिल्लाका मानिसहरू हरेक वर्षको साउने पूर्णिमाका बेलामा तिर्थ आउने भए पनि यो वर्ष मुगु जिल्ला भित्रका स्थानीयवासी बाहेक अरु जिल्लाका धार्मिक व्यक्तिले तिर्थ जान नपाउने प्रशासनले जनाएको छ ।
विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण जिल्लाका दुईवटा तिर्थ स्थलमा जिल्ला बाहिरका व्यक्ति जान नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो वेला जिल्लाका सिमा क्षेत्रमा आवत जावतमा कडाई गरिने भएको छ । जिल्ला बाहिरकालाई तिर्थ यात्रा गर्न नदिने सम्बन्धित स्थानीय तहलाई जिल्ला प्रशासनले परिपत्र गरेको छ भने जिल्लावासीहरुले पनि भिडभाड गरेर तिर्थ यात्रा नगर्न भनेको छ ।
मा प्रकाशित