वडा कार्यालयमा आगजनी – Kanika Khabar
Thursday, March 20Nepali News Portal

वडा कार्यालयमा आगजनी

    मा प्रकाशित

कनिका खबर
साउन ८, कञ्चनपुर ।
अज्ञात समूहले कञ्चनपुर जिल्लाको एक वडा कार्यालयमा आगजनी गरेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी भएको हो । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ ।

कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्