कोरोना र बाढी पहिरोका विषयमा प्रतिपक्ष काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना र बाढी पहिरोका विषयमा प्रतिपक्ष काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका खबर
साउन ८, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना र बाढी पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ । सभापति देउवाले एक सय २० दिन लामो बन्दाबन्दी खुलेपछि आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री ओलीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । भेटमा सभापति देउवाले कोरोना संक्रमतिको संख्या बढिरहेका बेला बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि प्रधानमन्त्री ओलीसँग आग्रह र माग राख्नुभएको छ । बन्दाबन्दीका बावजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको कुरा पनि उहाँले स्मरण गराउनुभएको थियो । पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गर्नुभएका देउवाले क्वारेन्टाइन अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गर्नुभएको छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिब्रता दिन पनि प्रधानमन्त्री ओलीसँग उहाँले आग्रह गर्नुभएको छ ।

बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारबिहीन भएकको उद्धार, राहत र पुर्नस्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सरकारलाई देउवाको आग्रह छ । कोरोनाबाट सृजित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापुर्वक लिएर सम्बोधन गर्न पनि सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पौडेलले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्