कनिका खबर
साउन ८, दाङ ।
विश्व स्वास्थ्य संगठनले सन् २०२१ भन्दा पहिले कोरोना भाइरसको खोप बन्ने कुनै आशा नरहेको स्पष्ट पारेको छ । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइक ¥यानले कोरोना भाइरसको खोप बनाउने विषयमा अध्ययन र अनुसन्धानकर्तालाई सकारात्मक नतिजा प्राप्त भएपनि सन् २०२१ को सुरुवाति क्रममा मात्रै खोप बन्ने बताए ।
उनले कोरोना विरुद्धको खोपको सुरक्षा मापदण्डमा कुनै कमी नगरिने हुँदा खोप बन्ने काममा केही ढिलाई समेत हुन सक्ने उल्लेख गरे । कोरोना भाइरस विरुद्धको खोप मानिसलाई दिनुभन्दा पहिले कति सुरक्षित र प्रभावकारी छ त्यो विषयमा विश्व स्वास्थ्य संगठनले पहिले नै सुनिश्चित गर्ने अनिमात्रै मानिसमा त्यो खोप दिने उहाँको भनाइ छ । डा. ¥यानले अहिलेसम्म कोरोना विरुद्धको सम्भावित खोप आफ्नो तेस्रो चरणको परीक्षणको क्रममा रहेको र सुरक्षा मापदण्डमा कुनैपनि खोपको नतिजा फेल नभएको पनि जानकारी दिए ।
मा प्रकाशित