जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ – Kanika Khabar
Thursday, June 12Nepali News Portal

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन ८, भक्तपुर ।
भक्तपुर प्रहरीले जबरजस्ती करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका ९ स्थायी घर भएका २२ वर्षका राजेश भन्ने सुरेश भण्डारी रहेका छन् । उनलाई करिब एक वर्षपछि नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार २०७६ असार १४ गते महानगरीय प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो । पीडितले बलात्कारीलाई खोजतलास गरी कारवाही गरी पाउँ भनी दिएको जाहेरी अनुसार खोजतलासको क्रममा उनी पक्राउ परेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्