भदौ एक गते देखि विद्यालय खोल्ने प्रदेश दुइ सरकारको आन्तरिक तयारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भदौ एक गते देखि विद्यालय खोल्ने प्रदेश दुइ सरकारको आन्तरिक तयारी

    मा प्रकाशित

कनिका खबर
साउन ८, काठमाडौं ।
प्रदेश दुइ सरकारले भदौ एक गते देखि विद्यालय खोल्ने र कक्षा सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालेको छ । त्यसका लागि स्थानीय सरकारसँग परामर्श र समन्वय भईरहेको प्रदेश सरकारले जनाएको छ । सीआईएनले गरेको, प्रदेश सरकारसँग कोभिड सवाद कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले विद्यालयमा रहेका क्वारेन्टाईन साउन भित्रमा हटाईसक्ने र निसङ्क्रमण गरेर भदौ देखि पठनपाठन शुरु गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले प्रदेशका कतिपय ठाउँमा अनलाईन कक्षा प्रभावकारी नदेखिएका कारण कोरोना सङ्क्रमण नभएका स्थानमा पठनपाठन सुचारु गर्न लागिएको बताउनुभयो । मन्त्री यादवलाई प्रदेश २ का विभिन्न जिल्लाका बालबालिकाले क्वारेन्टाईन बालमैत्री नभएको, बालविवाह बढेको, बालश्रम शोषण नरोकिएको भन्दै प्रश्न गरेका थिए । जवाफमा मन्त्री यादवले क्वारेन्टाईन व्यवस्थापनमा भएको कमजोरी स्वीकार्दै, आगामी दिनमा सुधार गरिने बताउनुभयो । त्यसका लागि स्थानीय सरकारसँग प्रदेश सरकारले समन्वय गर्ने उहाँको भनाइ छ ।

साथै बालविवाह र बालश्रम शोषणको अन्त्यका लागि प्रदेश नम्बर २ सरकार गम्भीर रहेको पनि उहाँले बताउनुभयो । बालविवाहको विषयमा प्रदेश सरकारले कुनै सम्झौता नगर्ने उल्लेख गर्दै विगतमा बालविवाहमा संलग्न जनप्रतिनिधीलाई समेत कारबाही गरेको नजिर रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री यादवको भनाई छ । बाल अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले कानुन निर्माणको काम समेत गरिरहेको उहाँले बताउनुभयो । कोरोना महामारीका कारण प्रभावित बनेका बालबालिकाको विषयमा सरकार गम्भीर रहेको र स्थानीय सरकारसँग मिलेर उनीहरुको हितमा काम गरिहेको मन्त्री यादवको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्