सुनको मूल्यमा आज पुनः नयाँ कीर्तिमान – Kanika Khabar
Friday, April 19Nepali News Portal

सुनको मूल्यमा आज पुनः नयाँ कीर्तिमान

    मा प्रकाशित

कनिका खबर
साउन ८, काठमाडौं ।

सुनको मूल्यमा आज पुनः नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको मूल्य ९४ हजार पाँच सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको बताएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विश्व अर्थतन्त्रमा देखिएको कोरोना महामारीको असरका कारण सुनको मूल्य बढेको महासंघका अध्यक्ष मोहन सुनारले बताउनुभयो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस दुई हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने उहाँको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्