तीन महिनामा प्राकृतिक प्रकोपबाट १ सय ७९ जनाको मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

तीन महिनामा प्राकृतिक प्रकोपबाट १ सय ७९ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ९, काठमाडौँ ।
पछिल्लो तीन महिनामा प्राकृतिक प्रकोपका कारण १ सय ७९ जनाको मृत्यु भएको छ । वैशाख यता तीन महिनाको अवधिमा पहिरो, बाढी र चट्याङका विभिन्न घटनामा परेर एकसय ७९ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोमा परेर १ सय २६ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर ४७ जनाको मृत्यु भएको छ । बाढीबाट भने ६ जनाको मृत्यु भएको छ । यसै अवधिमा पहिरो र बाढीमा परेर ५३ जना बेपत्ता भएका छन् । जसमा पहिरोमा ४७ जना बेपत्ता भएका हुन भने बाढीमा पाँच जना बेपत्ता भएका हुन् । त्यस्तै पहिरो, बाढी र चट्याङ परेर दुई सय ७२ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार मनसुन सुरु भएको जेठ ३० गते देखि हिजोसम्म एक सय ४४ जनाको मृत्यु भइसकेको छ । देशभरका राष्ट्रिय राजमार्ग मध्ये सात राजमार्गमा बाढीपहिरोका कारण क्षति पुगेको छ । तीमध्ये अरनिको राजमार्ग, बेनी–जोमसोम, साँफेबगर–मार्तडी र बेँसीशहर–चामे सडकमा बढी असर देखिएको सडक विभागले जनाएको छ । यात्रु र सवारीसाधनको चापका हिसाबले पृथ्वी राजमार्ग र अरनिको राजमार्ग अवरुद्ध हुँदा नागरिकलाई अप्ठ्यारो परेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्