धार्मिक स्थलको जग्गा अतिक्रमणको यकिन गर्न सरकारलाई निर्देशन – Kanika Khabar
Sunday, March 16Nepali News Portal

धार्मिक स्थलको जग्गा अतिक्रमणको यकिन गर्न सरकारलाई निर्देशन

    मा प्रकाशित

कनिका खबर
साउन ९, दाङ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरका धार्मिक स्थलको जग्गा अतिक्रमण भए नभएको यकिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको हिजो बसेको बैठकले पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी मन्दिर लगायत देशभरका धार्मिक स्थलको जग्गा अतिक्रमण भए नभएको यकिन गर्न सरकारलाई निर्देशन दिएको सभापति पवित्रा निरौलाले सीआईएनसँग बताए ।

परम्परागत सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम विकास गर्दै दक्ष र व्यवहारिक कालिगढ उत्पादन गर्ने योजना बनाउन पनि समितिले निर्देशन दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्